एनआईसी एशिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाउनु भएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५० लाख हस्तान्तरण गरिएको छ । 

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका ग्राहक महानुभावहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । 

Advertisement

दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी हुन् । 

नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा सेवाग्राहीहरुले उक्त लाभ रकम प्राप्त गरेको बैंकले विज्ञप्ति मार्फत जनाएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई रू. ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भईसकेको छ । 
 

Advertisement

Advertisement