प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो l उनको आज बिहान साढे ८ बजे निधन भएको हो ।

जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित दाहाल लामो समयदेखि थला परेकी थिइन् । तर उनको हृदयाघातका कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । 

Advertisement

यसैबीच, प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

Advertisement

Advertisement