प्रधानमन्त्री पत्नीको अन्त्यष्टिमा समेत राजकीय सम्मान

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने सरकारले निर्णय गरेको छ । सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो । 

आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । दाहाललाई नेपाली सेनाको टुकडीले सलामी दिने व्यवस्था मिलाइने छ । 

Advertisement

Advertisement

Advertisement