ठेलागाडा र साना व्यापारीको व्यवस्थापनको माग गर्दै मेयर बालेन शाहबिरुद्ध बिरोध प्रदर्शन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ । ठेलागाडा र साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको हो । 

‘इनफ इज इनफ’ नामक समूहले गरेको विरोध प्रदर्शन्मा महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरुमाथि भएको ज्यादतीबिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । 

Advertisement

उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको आरोप लगाए । श्रेष्ठले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन हुने काम भएको भन्दै उनले मेयर तथा महानगरबिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताए । 

श्रेष्ठले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई लुट्ने काम गरेको भन्दै अमानवीय कार्य रोक्नुपर्ने बताए । 

अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए । उनले मेयर बालेनले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताए । 

अर्का सहभागी युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको बताए । उनले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको बताए । 

Advertisement

Advertisement