हिमालय एअरलाइन्स्द्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुवात

Advertisement

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने बताउँदै एयरलाइन्सले यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आईपीएस निकट भविष्यमा उपलब्ध हुने छन् । 

Advertisement

यसका साथै ग्राहकले रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ । एअरलाइन्स्ले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्ने जस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । 

साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाइन चेक( इन पनि गर्न सक्नेछन् । 

Advertisement

Advertisement