संघीयताले खर्च बढ्यो, तर राजश्व चाहिँ बढ्न नसकेको मैले पाएँः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताएका छन् । शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै उनले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताए । 

पौडेलले भने, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरेमात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’ उनले कर संकलनमा केन्द्रीत हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरुलाई आग्रह गरे । 

Advertisement

मन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रबिधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रकृया सरलीकरण गर्नका लागि पहलकदमी समेत गर्न आग्रह गरे । 

यसैगरी उनले अर्थतन्त्रको आकार बढ्दै गएपनि सोही अनुपातमा राजश्व संकलन  बढ्न नसकेको बताए । पौडेलले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रीत हुन निर्देशन दिए ।

जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउँदै मन्त्री पौडेलले वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए । कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको उनको भनाइ छ । 

पौडेलले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताउँदै कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए । 

यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन पनि उनको निर्देशन दिए । पौडेलले 
संघीयताले खर्चका युनिटहरु एवं आर्थिक गतिविधि बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, सो अनुरुप बढ्न नसकेको आफूले पाएको बताए । 

अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजश्व संकलनमा केन्द्रत हुन पनि निर्देशन दिए । 
उनले जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको गुनासो गरे । 

 

Advertisement

Advertisement