विदेशी पर्यटकको बसाइ र खर्च घट्दै गयो: विनायक शाह

Advertisement

काठमाडौं । भक्तपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरुको सूची तयार गरी सार्वजिनक गरिएको छ । भक्तपुरलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवद्र्धन गर्नका लागि सुची तयार गरिएको हो । 

शनिबार एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्यस्थलहरुको सूची समावेश गरिएको ब्रेथ टेकिङ भक्तपुर सार्वजनिक गरियो । कार्यक्रममा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले कोराना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताए । 

Advertisement

उनले नेपालमा आउने पर्यटकहरुको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको बताए । शाहले पर्यटकहरुलाई धेरै भन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए । उनले भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए । 

शाहले डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडा लगायतका स्थानमा पर्यटकहरु रमाउन सक्ने बताए । उनले लगानीअनुसारको पर्यटन प्रवद्र्धन गर्दै पर्यटन प्याकेज बनाइ अघि बढ्न सुझाव दिए । 

Advertisement

Advertisement