सन नेपाल लाइफको आईपीओ सोमबारदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएकाहरुको लागि ९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

प्रतिशेयर रु. १०० अंकित दरमा प्रिमियम रु. १३९ थप गरी प्रतिकित्ता रु. २३९ मा आईपीओ बिक्री गर्न लागेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालहरुका लागि खुला गरिएको शेयर बाँडफाँट पनि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ । 

कम्पनीको जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपियाँ बराबरको ९६ लाख कित्ता मध्ये ४ लाख ८० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई, ४ लाख ८० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement