होटल मेरियटले पहिलो पटक ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ गर्ने

Advertisement

काठमाडौं । नक्सालस्थित होटल मेरियट काठमाडौंले रात्रीकालिन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएको छ ।

यही साता शुक्रबार आयोजना हुन लागेको पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्ने होटलको भनाई छ । 

Advertisement

सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने भन्दै होटल मेरियटले कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहने जानकारी दिएको छ । यस किसिमको रात्रीकालीन पार्टी पहिलो पटक आयोजना गर्न गइरहेको होटलको दावी छ । 

कार्यक्रममा बीपीएम, वाईएनजेडएन, ओ मान्सी लगायतका डिजेहरूले कार्यक्रममा मनोरञ्जन दिलाउने छन् भने विभिन्न पेय पदार्थहरूको स्वादमा रमाउन सकिने छ । 

होटलले विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाउने छ । होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराका अनुसार उक्त रात्रीकालीन पार्टी विर्षनै नसकिने प्रकृतिको हुने बताए । उनले भने, ‘हामी हाम्रा गाहकहरूलाई नौलो तथा अद्भुत अनुभूति प्रदान गर्नका लागि प्रतिवद्ध छौं ।’

कति लाग्छ शुल्क ?
पार्टीमा जोकोहीले सहभागीता जनाउन सक्नेछन् । सहभागीताका लागि सीमित टिकट रहेको मेहराले बताए । सहभागी हुन चाहनेले प्रतिव्यक्ति ९९९ रुपियाँमा टिकट बुक गर्नुपर्नेछ । 

यो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने छ । होटलले भीआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपियाँबाट सुरू हुन्छ, जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

Advertisement

Advertisement