हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई प्रदान गरिने घोषणा

Advertisement

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । 

मंगलवार काठमाडौंमा नेपाल जन–प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो । 

Advertisement

संघले  ख्याती प्राप्त प्रशासक र व्यवस्थापक स्वर्गिय मल्लले साल्ट टेनिङ कर्पोरेशनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पुर्याएबापत उनको सम्झानामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटाले बताए । 

उनले हेमबहादुर मल्ल सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई नगद दुई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको बताए । विगतको जस्तो हेमबहादुर मल्ल सम्मान २०७७ बाट गारेक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ बाट भानुप्रसाद आचार्यलाई प्रदान गरिने बताए । 

हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोईराला, डा.विल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा.गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय यसअघि नै सम्मानित भइसकेका छन् ।
 

Advertisement

Advertisement