एईसीसीले अर्को साता निःशुल्क ‘इन–हाउस अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्दै

Advertisement

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको बहुर्राष्ट्रिय संस्था एईसीसी नेपालले अर्को साता ‘इन–हाउस अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । एईसीसी शैक्षिक परामर्श क्षेत्रमा नेपालको सबैभन्दा ठूलो मध्येको एक र सबैभन्दा धेरै ‘सक्सेस रेकर्ड’ भएको संस्था हो । 

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहना विद्यार्थीहरुलाई लक्षित गरेर मेला गर्न लागिएको एईसीसीले जनाएको छ । मेला आउँदो जुलाई २६ मा काठमाडौंमा संस्थाको कार्यालय डिल्ली बजारमा आयोजना हुनेछ भने जुलाई २८ मा पोखरामा एईसीसीको कार्यालयमा आयोजना हुनेछ । 

Advertisement

मेला बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थी र सहभागीहरूले शीर्ष अष्ट्रेलियाली विश्वविद्यालयका प्रतिनिधिहरूलाई एउटै छानामुनी भेट्न सक्ने यस मेलामा विद्यार्थीहरूले त्यस्ता प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न, अष्ट्रेलियामा उच्च तहको शिक्षाको लागि आवेदन दिन, कार्यक्रमहरू छनोट गर्न, आफ्नो योग्यता परीक्षण गर्ने मापदण्डहरूबारे जान्न सक्नेछन् । 

साथै, विद्यार्थीहरुले सतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न र निकटतम् इन्टेकहरूका लागि आवेदन दिन सक्नेछन् ।
विद्यार्थीहरूले ब्रिटिश काउन्सिल, ईटीएस र पिजन प्रतिनिधिहरूलाई भेट्ने अवसर पनि पाउने छन्, जहाँ उनीहरूले परीक्षणको ढाँचा, परीक्षणको समयमा के आशा गर्ने ? उच्च अंक प्राप्त गर्ने सुझाव तथा तरिकाहरूबारे जान्न सक्ने एईसीसी नेपालको विज्ञप्तिमा जनाइएको छ । 

यसबाहेक, एईसीसी ले सबै सहभागीहरूलाई निःशुल्क आर्थिक र भिसा परामर्श पनि प्रदान गर्नेछ । अष्ट्रेलियामा आफ्नो थप शिक्षा पढ्न चाहने भर्खरका प्लस टू र स्नातक तह अध्ययन गरेका विद्यार्थीका लागि यो राम्रो अवसर भएको जनाइएको छ । 

कार्यक्रममा सहभागिताका लागि निःशुल्क आवेदन दर्ता यो लिंकमा जानुहोस्ः https://bit.ly/44NVxoT

Advertisement

Advertisement