इन्जिनियर दिवसमा आयल निगमका कार्यकारी निर्देशक थानीलाई वेष्ट अवार्ड

Advertisement

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले‘इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेजमेन्ट’बाट सम्मानित भएका छन् । 

नेपाल ईन्जिनियर्स एसोसियसन्सले बुधबार आयोजना गरेको ६१औं इन्जिनियर दिवसको कार्यक्रममा थानीलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनी नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनका अध्यक्ष समेत हुन् । 

Advertisement

निगममा १५ महिनाअघि प्रवेश गरेका थानीले कोरोना महामारीपछिको असरका साथै रुस–युक्रेन युद्धका कारण विश्वब्यापी रुपमा परेको इन्धनको संकटलाई उचित व्यवस्थापन गरेको, नेपालमा इन्धनको संकट आउन नदिएको, इन्डियन आयल कर्पोरेसनको बाँकी बक्यौता ३१ अर्ब रुपियाँ चुक्ता गरी निगमलाई १८ अर्ब रुपियाँ नाफामा लान सफल भएकाले अवार्ड प्रदान गरिएको इन्जिनियर्स एसोसियसन्सले जनाएको छ ।

इन्धनको मूल्य घट्दै जाँदा निगमलाइ संचित नोक्सानीबाट मुक्त गरी नाफामा लैजान सहज भएको हो । निगम दायित्वबाट मुक्त​ भएसँगै थानीले हालै इन्धनमा पुनः स्वचालित मूल्य प्रणाली लागू गर्नुका साथै पोखरामा नयाँ इन्धन डिपोको उद्घाटन गरेका थिए । थानीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गरेका हुन् । 

Advertisement

Advertisement