‘ब्रेक शु’ भनेर २९ पटक सुन भित्रिएको आशंकाः दुई महिनाको सीसी टिभी फुटेज हेर्दै प्रहरी !

Advertisement

काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन पक्रिएपछि अनुसन्धान विभागले छानबीनलाई तीब्र बनाएको छ । 

पटक–पटक सुन तस्करी भएको भेटिएपछि विभागले राजधानीसहित देशभरका सीसी टिभी फुटेज चेकजाँच गर्न लागेको छ । यो प्रकरणमा सहभागी ५ जना भन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसको लहरो पत्ता लगाउन थप अनुसन्धान गर्ने तयारी गरिएको हो ।

Advertisement

विभागका एक अनुसन्धान अधिकृतले भने, ‘मोटरसाइकलको ब्रेक सुल भनी २९ पटक ल्याइएको भेटिएको छ, यसरी ल्याइएको सुन कहाँ व्यवस्थापन गरिएको छ भनी पत्ता लगाउन खोजिएको छ ।’

यसका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पनि सहयोग गर्ने भएको छ । कार्यालयका एक भन्सार अधिकृतले भने, ‘हामी सबै सीसी फुटेज दिन तयार छौं, तस्करीमा संलग्न सबैलाई पत्ता लगाउन हामी सहयोग गर्न तयार छौं ।’

ती भन्सार अधिकृतका अनुसार सुन आयात गर्ने व्यक्तिले भन्सार जाँचपास गरी कसरी कहाँसम्म लगेको छ, सो विषय पत्ता लगाउने सीसी टिभी को फुटेज हेरिनेछ । 

नेपालमा २ तरिकाबाट सुन भित्रिदै आएको छ । पहिलो यात्रुको प्रयोग गरी सुन ल्याउने र दोस्रो भन्सार नाकाको प्रयोग गरी सुन ल्याउने । असअघि यात्रुहरुले ल्याएको सुन भन्सारमा खटिएका कर्मचारीले पत्ता लगाई ३६ किलो बरामद गरिएको थियो । 

राजश्व अनुसन्धानको टोलीद्धारा त्रिभुवन विमानस्थलमा एक अर्बभन्दा बढीको सुन बरामद

अहिलेसम्मकै ठूलो अवैध सुन बरामदमा एयरपोर्ट भन्सारका कर्मचारीको मिलेमतो !

सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन भन्सारका अधिकृत सन्तोष चन्द निलम्बित

 

 

Advertisement

Advertisement