काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङ्गको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा सय–सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो ।
विर्तामोडमा सोनवहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबै जना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरु भएको सीईओ रमेशकुमार भट्टराईले जानकारी दिए ।
यसैगरी साउन ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो । कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा साउन ४ गते पोखरा र इटहरीमा तथा ७ गते शनिवार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने जनाएको छ ।