काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७९–८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले शनिबार सम्मान गरेको हो ।
अर्थमन्त्री बिष्णु पौडेलले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई सम्मानपत्र प्रदान गरेका थिए । यसअघि पनि भाटभटेनी वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा अग्रपंक्तिमा थियो ।