थप सुन त्रिवि भन्सार परिसरमै रहेको आशंका, विभागको अनुसन्धान जारी

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरभित्र थप सुन हुन सक्ने अनुमान गरिएको छ । यतिबेला राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज मैनाली त्रिभुवन विमानस्थल परिसरमै छन् । 

एउटै कन्साइनमेन्टमा आएको थप सामान भित्रै रहेको प्रज्ञापनमा देखिएको छ । थप अध्ययन भैरहेको त्रिभुवन विभानस्थल भन्सार कार्यालयका कामू प्रमुख नारद गौतमले जानकारी दिए । सामान चेक जाँच गरेपछि मात्रै सुन हो वा होइन पत्ता लाग्ने प्रमुख गौतमको भनाई छ ।

Advertisement

भन्सारका कर्मचारीलाई बाहिर राखेर विभागले थप अनुसन्धान गरिरहेको छ ।

राजश्व अनुसन्धानको टोलीद्धारा त्रिभुवन विमानस्थलमा एक अर्बभन्दा बढीको सुन बरामद

Advertisement

Advertisement