सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । 

त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिउको हो । 

Advertisement

ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका हुन् । 

यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस्ता कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत, मालीगाँउका प्रहरी निरीक्षक सागर घले बताए । 

बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement