रोल्वालिङ पर्यटन क्षेत्रको प्रवर्द्धनमा स्थानीय तहले अग्रसरता नलिएको गुनासो

Advertisement

काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

शनिबार आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनविद् बैकुण्ठनारायण प्रधान, पर्यटन व्यवसायी उमा खकुरेल, पत्रकार रमेश खड्कालगायतले सो क्षेत्रमा पर्यटन प्रवद्र्धनमा स्थानीय तहले चासो नदिएकोमा चिन्ता व्यक्त गरे । 

Advertisement

पर्यटनविद् प्रधानले गौरीशंकर हिमाल वरपरको क्षेत्र धार्मिक पर्यटनको दृष्टिले पनि संसारका लागि महत्वपूर्ण गन्तव्य स्थल भए पनि त्यसको विकासका लागि स्थानीय सरकारले सरोकारवाला निकायसँग छलफल समेत गर्न नचाहेको गुनासो गरे । 

उनले विज्ञहरुसँग परामर्श गर्ने, आवश्यक बजेट विनियोजन स्थानीय तहले गर्ने हो भने गौरीशंकर हिमाल र यसको आसपासका रोल्वालिङ क्षेत्र पर्यटकीय गन्तव्य बन्ने र त्यसले स्थानीय स्तरमै आर्थिक समृद्धिको आधार निर्माण हुने तर्क गर्नु भरे । 

प्रधानले भने, ‘खास गरिकन गौरीशंकर एरिया भनेको चाँही संसारको सबैभन्दा उपयुक्त ठाउँ हो । संसारका सबैभन्दा सुन्दर गन्तव्य हो गौरीशंकर क्षेत्र । तर त्यसलाई किन गर्न सकिरहेका छैनौ भने लोकल गोभरमेन्टको ओनरसिप नभएको कारण हामीले केही गर्न नसेकेको हो । उहाँहरुको बजेट के मा खर्च भएको छ ? खानेपानी, बाटो, सिंचाईमा । कम्तिमा १० प्रतिशत पनि बजेट त्यसमा खर्च गर्ने हो भने, विज्ञहरुसँग पनि परामर्श गर्ने हो भने यस क्षेत्रलाई पर्यटकहरुको आषर्कणको गन्तव्य बनाउन सकिन्छ ।’

पर्यटन व्यवसायी उमा खकुरेलले रोल्वालिङ क्षेत्रलाई हिमाल आरोहणका लागि प्रशिक्षण दिने मुख्य स्थल बनाउन सकिने उल्लेख गर्दै त्यसमा विशेष ध्यान पुर्याउन पनि सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघलगायतका सरोकारवाला निकायहरुसँगको सहकार्य उपयोगी हुने धारणा समेत राखे । 

पर्यटन व्यवसायी खकुरेलले भने, ‘रोल्वालिङ क्षेत्रमा पर्यटन विकासका लागि लोकल क्षेत्रको विकासमा ध्यान दिनुपर्छ । रोल्वालिङ क्षेत्रमा हिमाल आरोहणका लागि प्रशिक्षण दिने व्यवस्था गर्न सकिन्छ । नेपाल पर्वतारोहणसँग लगायतका सरोकारवाला निकायसँग पनि सहकार्य गरेर यस क्षेत्रलाई पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।’

सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि वातावरणको निर्माणमा सो क्षेत्रका सरोकारवालाहरु जुटनुपर्ने पत्रकार रमेश खड्काको सुझाव थियो । उनले च्छो–रोल्पा जस्ता हिमतालहरु त्यहाँ भए पनि बाटोलगायतका पूर्वाधार विकास नभएका कारण ओझेलमा पर्न गएको पनि स्मरण गराए । 

खड्काले भने, ‘रोल्वालिङ जाने कुरामा पर्यटकीय वातावरण हुनु प¥यो । बाटाघाटा हुनु प¥यो । अहिलेको गाउँपालिकाका आफ्नो नियम, कानुन आफैं बनाउने तागतको छ । त्यसकारण उहाँहरुलाई हामीले अगाडि नराखिकन यस्ता चिजहरु गर्न सक्दैनौं । आन्तरिक पर्यटकहरुलाई हामीले त्यहाँ कसरी पु¥याउने भन्ने विषय छलफलको मुख्य विषय हो । टुरिज्म भनेर हामीले कथा मात्रै भनेर हुँदैन । त्यसका लागि वातावरण निर्माण गर्नु पर्छ ।’

यता, विगु गाउँपालिकाका अध्यक्ष संजीव ओलीले सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक आवास, विद्युत र टेलिफोन निर्माणको कामलाई तीव्रता दिइएको जानकारी गराए । दोलखाका अगुवाहरु मदनदास श्रेष्ठ, शोभित उप्रेती, दिव्यध्वज कार्कीहरुको संयोजनमा आयोजना गरिएको कार्यक्रममा दोलखाका तत्कालीन जिल्ला विकास समितिका सभापतिद्धय रुद्रबहादुर खड्का, लालकुमार केसी, पत्रकार चिरञ्जीवि मास्केले पनि सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

Advertisement

Advertisement