साढे ८ अर्बमा बनेको ४० मेगावाटको अपर चमेलियाबाट बिद्युत उत्पादन शुरु

Advertisement

खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज  उद्घाटन गरिएको छ । 

गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हु्न । ।

Advertisement

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार रु आठ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो । 

Advertisement

Advertisement