सिटिजन्स बैंकको नाफा १० प्रतिशतभन्दा बढीले बढ्यो, निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले गएको आर्थिक बर्षमा १०.४१ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९–८० को अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । 

बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब २१ करोड ४४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब मात्रै खुद नाफा गरेको थियो । समीक्षा अवधिमा सिटिजन्सले खुद ब्याज आम्दानी १७.३० प्रतिशतले र खुद फि तथा कमिशन आम्दानी शुन्य दशमलव ८९ प्रतिशतले बढाएको छ । 

Advertisement

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशतले बढेको छ । सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा एक अर्ब तीन करोड ७२ लाख रुपियाँ रहेको छ। नाफा बढेसँगै उसको प्रतिशेयर आम्दानी पनि बढेर १४ रुपियाँ १२ पैसाबाट १५ रुपियाँ ५९ पैसा पुगेको छ । 

समीक्षा अवधिको बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपियाँ ८ पैसा रहेको छ । सिटिजन्स बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपियाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा सात अर्ब ११ करोड २० लाख, निक्षेप एक खर्ब ६८ अर्ब ८४ करोड र कर्जा एक खर्ब ४० अर्ब ४० करोड रुपियाँ रहेको छ । 

Advertisement

Advertisement