व्यक्तिको जग्गामा हस्तक्षेप गरेर वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अदालतको आदेश

Advertisement

काठमाडौं । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । 

धरान ४ कि रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले व्यक्तिले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।

Advertisement

माफियाँहरुसँग नझुक्ने भन्दै साम्पाङले गत साता निजी जग्गामा दलबलसहित वृक्षारोपण गरेका थिए । रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको जग्गामा गएर वृक्षरोपण गरेपछि जग्गाधनीले विरोध जनाएकी थिइन । त्यस क्रममा मेयर साम्पाङले नगर प्रहरी लगाएर लछारपछार गर्दै हटाउने प्रयास गरो थिए । 

अधिकारीले दिएको रिट निवेदनमा अदालतले यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी नहुनु पर्ने हो ? बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा हाजिर हुन भन्दै मेयर साम्पाङलाई आदेश पनि दिएको छ ।

Advertisement

Advertisement