लुम्बिनी विकास बैंकको नाफामा सामान्य गिरावट

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा सामान्य गिरावट भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गएको आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा ३.८८ प्रतिशतले घटेको देखिएको हो । 

बैंकले गएको आर्थिक वर्षमा ६१ करोड २४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ६३ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लुम्बिनीको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी शुन्य दशमलव ११ प्रतिशत बढेको छ । 

Advertisement

बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढे पनि सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ । साथै, लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपियाँ रहेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेर १९ रुपियाँ ४० पैसाबाट १८ रुपियाँ ११ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपियाँ १७ पैसा रहेको छ ।

गत असारसम्म तीन अर्ब ३८ करोड रुपियाँ चुक्ता पूँजी रहेको लुम्बिनीको जगेडा कोषमा दुई अर्ब ७७ करोड रुपियाँ छ भने निक्षेप ४९ अर्ब १३ करोड र कर्जा प्रवाह ४१ अर्ब ५६ करोड रुपियाँ रहेको छ । 

Advertisement

Advertisement