नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशद्वारा राउटे समुदायलाई खाद्यान्न वितरण

Advertisement

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले राउटे समुदायलाई खाद्यान्न वितरण गरेको छ । 

दैलेख जिल्ला महाँबु गाउपालिका वडा नम्बर ३ बाँसीको पाल्चौरको जंगलमा बसोबास गर्दै आईरहेका ४१ राउटे परिवारलाई भैरवी गाउँपालिका १ दारेघाटमा खाद्यान्न वितरण गरिएको हो । 

Advertisement

प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष बिन्दु अधिकारी ढकालको विशेष सक्रियतामा लोपन्मुख राउटे समुदायका मानिसहरूलाई खाद्यान्न वितरण भएको हो । 

उक्त कार्यक्रममा संघकी सह–सचिव सुष्मा थापा लम्साल र सदस्य यज्ञश्वरी भट्ट पन्त तथा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल र जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी किशोर लम्सालको समेत उपस्थिती थियो । 

Advertisement

Advertisement