चिडियाखाना घुम्न जान सटल बसको व्यवस्था गरिने। ‘टाइगर गेट’ पनि पुनर्निर्माण गरिने

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने बताएका छन् । 

Advertisement

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले १४–१५ सिटको हुने सो बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए । 

महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने बताए । धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनले बताएका छन् । 

मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आज सम्मान पनि गरेको थियो । 

Advertisement

Advertisement