ढाडको बाँगोपनाको उपचार गर्ने विशेषज्ञ डाक्टरहरु राजधानीमा भेला

Advertisement

काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न उनीहरु राजधानीमा भेला भएका हुन् । 

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए । 

Advertisement

ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् । 

ढाड बाँगिने समस्या छोराहरु भन्दा छोरीहरुलाई बढी देखिने पनि अध्ययनहरुले देखाएको डा. बिजुक्छेले बताए । धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उनले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताए । 

बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाँगोपना उपचार कसरी गर्ने ? उपचार पद्धती के के छन् भन्ने विषयमा छलफल भएको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत रहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. गौरवराज ढकालले ढाडको ढाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताए । 

उनले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाँगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपानाई शतर्क गराउँदै आएको बताए । ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् ।

Advertisement

Advertisement