सौराहामा गजल मेला, २७ जनाले प्रस्तुत गरे रचना

Advertisement

सौराहा । पर्यटकीय क्षेत्र सौराहामा शनिबार गजल वाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा २७ जना गजलकारले गजल सुनाएका थिए । 

रत्ननगरको काव्यकुञ्ज साहित्य प्रतिष्ठान आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले विभिन्न भावमा गजल प्रस्तुत गरेका थिए, जसमा गजलकार सुमन कडरिया, रामशरण थपलिया, सीता कँडेल, मणिराम नेपाल र रामलाल कुमालले पहिलो चरण, राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना पौडेल, गिरीराज अधिकारी र यमुना अधिकारी न्यौपानेले दोस्रो चरण गजल प्रस्तुत गरेका थिए । 

Advertisement

त्यस्तै, चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी र गिरीराज डल्लाकोटीले तेस्रो चरण र सुमन अविरत, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन र विकास बरालले चौथो चरण, धनराज गिरी, किसान प्रेमी र सरला जोशीले पाँचौ चरण र रमेश प्रभात, विष्णु तिवारी उषा र प्रशान्त सागरले अन्तिम अर्थात छैठौ चरणमा गजल प्रस्तुत गरेका थिए । 

स्रस्टाहरुका गजल सिर्जना प्रेम, राजनीतिक बेथिति, देशप्रेम, सामाजिक परिवेश र दर्शनका विषयमा थिए । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले काव्य परिक्रमा अन्तर्गत कार्यक्रम आयोजनामा आएको र यसैगरि विभिन्न साहित्यिक विधाअन्तर्गत संस्थाले कार्यक्रमहरू नियमितरूपमा आयोजना गर्ने बताए । 

गीतकार एवं कवी मुकुन्द पौडेलले सौराहामा पहिलो पटक यस किसिमको गजल मेला आयोजना गरिएको बताउँदै मोफसलमा पनि यस प्रकारका कार्यक्रम हुँदा नेपाली भाषा साहित्य र कलामा टेवा पुग्ने बताए । उनले यस्ता कार्यक्रमबाट आफ्नो संस्कृति र सभ्यताको जगेर्नासँगै साहित्यकार र कलाकारलाई प्रोत्साहन मिल्ने बताए । 

Advertisement

Advertisement