टिम भेन्चर्सद्वारा फुडमाण्डुको आंशिक शेयर दुई गुणा प्रतिफलसहित हिमालयन क्यापिटललाई बिक्री

Advertisement

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक शेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रालि उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफामुलक क्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो । फुडमाण्डु प्रालिमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ ।

Advertisement

झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित बिक्री गर्न सफल भएको हो ।

सन् २०१० मा स्थापना भएको फूडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु विक्रि÷वितरण गर्ने कम्पनीको रूपमा कार्य गर्दै आएको छ । यस कम्पनीले ट्रु नर्थ एसोसिएट्स बाट सन् २०१७ मा सिरिज ए फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गरेको थियो । 

त्यसै गरी टिम भेन्चर्स बाट सन् २०२० मा सिरिज बि फन्डिङ्ग गन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डुले सन् २०२३ मा सिरिज सि फन्डिङ्ग अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड आइआइ मार्फत झण्डै ४ मिलियन अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।

हिमालयन क्यापिटल लिमिटेड, हिमालयन बैङ्क लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनिको रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैङ्क हो । हिमालयन क्यापिटले वित्तिय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement