काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरपछि हवाई जहाजको उडानमा पनि कडाई गरेको छ । प्राधिकरणले तोकिएको समयमाबाहेक अरु उडान नगर्न वायुसेवा सञ्चालकहरुलाई निर्देशन दिएको छ ।
विमानस्थल सञ्चालन अवधि बाहेकको समयमा उडान गरिएको अवस्थामा प्राधिकरणले सम्बन्धित वायुसेवा सञ्चालक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आन्तरिक उडानको सुरक्षाका लागि नयाँ मापदण्ड लागू गरिएको जनाइएको छ ।
प्राधिकरणले विभिन्न विमानस्थलमा सञ्चालन अवधि अनुसार उडान तालिका बनाउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ । वर्षाको समयमा हुने दुर्घटनालाई ख्याल गरेर सेप्टेम्बरसम्मका लागि नयाँ मापदण्ड लागू गरिएको जनाएको छ ।