नेपालमा पहिलो पटक भेलोसिटि पम्प फेस्ट हुने

Advertisement

काठमाडौं । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आयोजना हुने  भएको छ । यो महोत्सव शनिवार हुने जनाइएको छ । 

स्विचब्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटि पम्प फेस्ट हुन लागेको हो । पेडल नचलाई साइकलमार्पmत मानवनिर्मित ट्य्राकमा उकालो ओरालो गर्ने रोचक कला हो पम्प ट्रयाक । 

Advertisement

पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिष्पर्धा गर्दछन् । उक्त पम्प ट्रयाक फेस्टिभल ललितपुरको वडा–१ स्थित गुसिगङ्लको बागमती किनारमा हुनेछ ।

यो ट्रयाक नोभेम्बर २०२२ मा स्विस कम्पनी भेलोसोलुसनको परोपकारी कार्य ‘पम्प फर पिस’मार्पmत निर्माण गरिएको थियो । भेलोसोलुसन विश्वभर पम्प ट्र्याक र साइक्लिङ ट्रेलहरू निर्माण गर्ने विशेषज्ञ हुन् । रेसमा किड्स (बालबालिका ११ वर्षदेखि १४), युवा (१४ देखि १६ वर्ष), जुनियर राइडर (१७ वर्षसम्म), एलिट र मास्टर्सतर्फ महिला र पुरुष विधामा प्रतिष्पर्धा हुनेछ । दुई सय ५० मिटर दूरीमा पेडल नचलाई सबैभन्दा कम समयमा पार गर्ने विजेता घोषणा हुनेछन् । एलिट र मास्टर्सका विजेताले विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

करिव ७० जनाले उक्त फेस्टिभलमा सहभागिता जनाउने आयोजक स्विचब्याक नेपालका सेल्स एण्ड मार्केटिङ प्रमुख कुशल ओझाले जानकारी दिए । प्रत्येक विधामा तीन शीर्ष विजेतालाई उपहारहरू प्रदान गरिनेछ । एलिटतर्फ नगद पुरस्कारको पनि व्यवस्था छ । कार्यक्रमलाई जायन्टले मुख्य प्रायोजन गरेको छ । जायन्ट उच्च गुणस्तारको साइकल र साइक्लिङ गियर उत्पादन गर्ने ब्राण्ड हो ।

Advertisement

Advertisement