काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा विशेष स्वागत गरिएको छ ।
बिहीवार साझ स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषददेखि नेपाल क्रिकेट संघसम्मका पदाधिकारीले स्वागत गरेका हुन् ।
युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
अब यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।