काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रुपियाँ मूल्य बढाएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपियाँ घटाएको हो ।
भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको आयल निगमले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।