काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपियाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ । हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेको एपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाएको छ।
एपेक्स मकालु हाईड्रोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको मध्य होङ्गु खोला जलबिद्युत आयोजनाु निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।