हुण्डाईको एक्सचेञ्ज अफरमा पाँच लाखसम्म नगद छुट !

Advertisement

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील्स अफ चेञ्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ । 

साउन १८ गतेबाट सुरु भउको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो । 

Advertisement

हुण्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी उक्त योजना ल्याएको जनाएको छ । जस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।

अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहक महानुभावहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याक मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement