हिमालय एयरलाइन्सद्धारा लवप्रसाद बालगृहलाई आर्थिक तथा खेलकुद सामग्री सहयोग

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित उक्त बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरिएको कम्पनीको भनाई छ । 

बिहीबार बालगृह परिसरमा आयोजित कार्यक्रममा एयरलाइन्स्का अध्यक्ष झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरे । यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुँडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामग्रीहरू पनि सहयोग गरियो । 

Advertisement

सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने जनाइएको छ । 

Advertisement

Advertisement