प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब २६ करोड

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले गतवर्ष २ अर्ब २६ करोड नाफा गरेको छ । बैंकको अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ अर्ब नाफा गरेको थियो । बैकको खराब कर्जा बढेर ४ दशमलव २३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १ दशमलव ७७ प्रतिशत रहेको खराब कर्जा बढेर ४ दशमलव २३ पुगेको हो ।  

Advertisement

बैंकको​ खुद ब्याज आम्दानी १७ दशमलव ६३ प्रतिशतले बढेको छ । बैंकले ७ अर्ब २७ करोड खुद ब्याज आम्दानी गरेको हो । अघिल्लो वर्ष ६ अर्ब १८ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको जगेडा कोषमा ८ अर्ब ८० करोड रहेको छ । खराब कर्जा बढ्दा बैंकले प्रोभिजनमा २ अर्ब ९१ करोड छुट्याएको छ। बैंकको प्रति सेयर आम्दानी घटेर ११ दशमलव ६६ रुपैंया पुगेको छ, यस्तो आम्दानी गतवर्ष १४ दशमलव ९४ रहेको थियो । सिडी रेसियो ८८ दशमलव ७२ प्रतिशत कायम गरेको छ । बैंकले निक्षेप १ खर्ब ७४ अर्ब संकलन गरेको छ ।

यस्तै १ खर्ब ५४ अर्ब कर्जा विस्तार गरेको छ । प्रतिसेयर नेटवर्थ १ सय ४६ दशमलव ४५ रुपियाँ पुगेको छ ।  

Advertisement

Advertisement