काठमाडौं महानगरपालिकाले कक्षा ११ का चार हजार ५५० विद्यार्थीलाई छात्रवृत्ति दिने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ । महानगरले शनिबार लिइएको परीक्षाको नजिता आज बिहान सार्वजनिक गरेको हो । 

परीक्षा छ हजार १७ जना सहभागी भएकोमा चार हजार ५५० जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । छात्रवृत्ति पाउनेमा विज्ञान विषयका तीन हजार ४९२ छन् । व्यवस्थापनतर्फ ८१५ जना, प्राविधिक विषयतर्फ १३० जना, कानुनतर्फ ५२ जना, शिक्षातर्फ पाँच जना र मानविकीतर्फ चार जना रहेको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । 

Advertisement

Advertisement

Advertisement