निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउने तयारीको विरोधमा आज पनि विरोध प्रदर्शन

Advertisement

काठमाडौं । विद्यार्थी तथा अभिभावकहरुमाथि चर्को शोषण गर्दै आएका निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउने सरकारी तयारीको विरोधमा बिहीबार पनि निजी विद्यालयका सञ्चालकहरु विरोधमा उत्रिए । 

सरकारले ल्याएको शिक्षा विद्ययेकमा निजी विद्यालयहरु नाफामूलक निजी विद्यालयलाई गुठीमा लैजाने कुरा उल्लेख छ । शिक्षामा व्यापार गर्न नहुने मान्यताका आधारमा सरकारले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोजे पनि निजी विद्यालय सञ्चालकहरुले आफूहरुको सम्पत्ति सरकारले राष्ट्रियकरण गर्न खाजेको बताएका छन् । 

Advertisement

निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एन–ब्याब्सन र हिसानले बिहीबार माइतीघरमा प्रदर्शन गरे । विद्यालय बन्दसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेका उनीहरुले हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई पाँच वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीबाट मात्र सञ्चालन गर्ने भन्ने शिक्षा विधेयकको प्रावधान हटाउनुपर्ने अडान लिएका छन् । 

मन्त्रिपरिषद्‌बाट गत साता पारित ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संसद्‌बाट हुबहु पारित भए हाल सञ्चालनमा रहेका करिब आठ हजार निजी विद्यालयलाई पाँच वर्षभित्रमा शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्नेछ । गुठीमा गएपछि उनीहरुले अहिले जस्तो मनलाग्दी नाफा लिन पाउँदैनन् । 

विधेयकमा ‘शैक्षिक गुठी भन्नाले कुनै पनि व्यक्तिले नाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनुपर्छ’ भनिएको छ ।

Advertisement

Advertisement