निजी विद्यालयलाई नाफामूलक नै बनाउन सरकार तयार, विद्यालय बन्दको कार्यक्रम स्थगित

Advertisement

काठमाडौं । आन्दोलनरत निजी विद्यालयका सञ्चालक र सरकारबीच सहमति भएको छ । शिक्षा विद्येयकमा संशोधन गर्न तयार भएपछि निजी विद्यालयहरु आन्दोलन स्थगित गर्न तयार भएका हुन् । 

सरकारले गत साता मन्त्रिपरिषदबाट पास गरेको शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउन पाँच बर्षभित्र गुठीमा परिणत गर्ने कुरा उल्लेख थियो । उक्त व्यवस्थाबाट रुष्ट भएका निजी विद्यालयका संगठनहरु हिसान, प्याब्सन, एन–प्याब्सनले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका थिए । 

Advertisement

शुक्रबार सिंहदरबारमा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबीचको छलफलमा निजी विद्यालय सञ्चालकले उठाएका माग सम्बोधन गर्न तयार भएसँगै आन्दोलन स्थगित गरिएको हो । 

आन्दोलनका कार्यक्रम स्थगित गरिएको भन्दै प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले आफूहरुको सम्पूर्ण माग सम्बोधन गर्न सरकार तयार भएको बताए । यसअघि उनीहरुले सरकारसँग सात बुँदे माग अघि सारेका थिए । साउन २८ भित्र माग सम्बोधन नभए विद्यालय बन्द गर्ने तयारीमा रहेका निजी विद्यालय सञ्चालकसँग सरकार झुकेको छ । 
 

Advertisement

Advertisement