रेस्क्यु उडानमा रोक लगाइएको छैनः क्यान

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ओरेजिन एयरपोर्ट, डेस्टिनेशन एयरपोर्ट र एन रुट मौसम सफा रहेको अवस्थामा कुनै पनि उद्दार तथा मानवीय सहायता सम्बन्धी उडान (रेस्क्यु उडान) मा रोक नलगाएको बताएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार दुर्गम क्षेत्रमा उडानको समयको सम्बन्धमा मनसुनमा हवाई यात्रामा हुन सक्ने संभावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यात्रुकै सुरक्षालाई ध्यानमा राखी निर्धारित उडान तथा चार्टर्ड उडानको हकमा तोकिएको ओपरेसन आओर भित्र विमानस्थल खुला रहने व्यवस्था गरिएको यद्दपी ओरेजिन एयरपोर्ट, डेस्टिनेशन एयरपोर्ट र एन रुट मौसम सफा रहेको अवस्थामा प्राधिकरणले कुनै पनि उद्दार तथा मानवीय सहायता सम्बन्धी उडान (रेस्क्यु उडान) मा रोक लगाएको छैन् ।

Advertisement

'हामीले अस्ती त्यही गरेको हो, खाली व्यवसासयिक उडानहरु चाँँहि १२ बजेपछि नगर्नु भनेको हो, यसो गर्दा रेस्क्यु उडानहरु पनि त्यही बुझेर नगरेको र गलत हल्ला' गरिएको बताए । नयाँ व्यवस्था लागू भएपछि हुम्लाको सर्केघाट, रोदिकोट लगायत देशभरीका विभिन्न स्थानबाट उद्दार उडान भईसकेको समेत जानकारी दिए ।

Advertisement

Advertisement