वृज सिमेन्टले पशुपतिनाथमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस  लगायतका सेवा प्रदान गरेको छ । 

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्य गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । 

Advertisement

यसका साथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका थिए । 

साउनको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement