मनकामना इन्जिनियरिङको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि ३१ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । 

आज दिउँसो कम्पनीको आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर २ लाख २७ हजार ६ सय ६२ जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटललको वेबसाइट https://bokcapital.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट http://www.hydromanakamana.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।      

कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको थियो । कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता छुट्याएर बाँकी रहेको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन व्यवस्था थियो ।   

कम्पनीले यसअघि ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement