सरकारले दिन्छु भनेको करोडौं रकम वीर अस्पताललाई दिएन, इमर्जेन्सी सेवा प्रभावित

Advertisement

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने सो अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताएका छन् । अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको उनले नानसँग बताएका हुन् । 

पौडेलले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताउँदै अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको जानकारी दिए । 

Advertisement

समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ । डा. पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा शुरु गर्न नसकेकिएको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए । 

आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई–तीन जना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको बताउँदै पौडेलले आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको बताए । जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको उनले बताए । 

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ । त्यसलाई बिस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई त सबै घण्टा चलायमान राख्नुपर्यो नि त । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडी बढेका छौँ । त्यो चाहिँ फुल फङ्सनमा गइसकेको छैन् । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन शुरु गरिसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा शुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको शुरुवात गर्र्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् ।  अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र,अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनको लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसको लागि अहिले योजनामा छौँ ।’ 

उनले थपे, ‘अप्रेसनको लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ । हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको बिस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा शुरु गर्ने भन्ने सोचाईमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’

डा. पौडेलले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपीडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । उनले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको पौडेलको भनाई छ । 

वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको बताएको छ । निर्देशक पौडेलले नीति तथा कार्यक्रममा केन्द्रिय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयनमा चुनौति सिर्जना भएको बताए । 

उनले गरिव तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव आठ करोड २० लाख रुपियाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा एक करोड १५ लाख रुपियाँ मात्रै दिएको बताए । आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ । राजश्व कम उठेपछि पछिल्लो समयमा सरकारले आर्थिक संकटको सामना गरिरहेको छ । 

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने डा. पौडेलले बताए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताए । 

पौडेलले भने, ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ । हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ । औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ । आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो । अघिल्लो वर्ष करिव आठ करोड २० लाख रुपियाँको छुट गर्यौं । तर, सरकारले हामीलाई विभिन्न शीर्षकमा एक करोड १५ लाख रुपियाँ थियो । भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ । आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पुर्याउनुभएको छ । त्यो पनि पर्याप्त होइन । हामी अझै लविङ गर्दैछौँ । मन्त्रिज्यूले के भन्नुभएको छ भने, निःशुल्क शैय्यासँगसँगै निःशुल्क उपचार त गरिबलाई गर्नुपर्यो, त्यसमा शोध भर्र्ना हुन्छ । काम गर्दै जानुस् भन्नुभएको छ । त्यो हिसावले थप बजेट आउला भन्ने आशा गरेका छौँ ।’  

उनले थपे, ‘अप्रेसनका लागि करार सेवामा जनशक्ति थप्ने योजना छ । भीआईपी, भीभीआईपी सेवा अस्पतालले लामो समयदेखि दिँदै आएको छ । मन्त्रीज्यूको धारणा के छ भने राज्यको खर्च हुन्छ भने निजीमा होइन वीर अस्पतालमा नै उपचारका लागि जानुपर्छ भन्ने रहेको छ । अहिले हामीले तीन वटा कक्ष बढायौँ । जम्मा पाँच वटा क्याविन पुग्यो । दुई वटा भिभिआईपीको लागि र तीन वटा भिआईपीको लागि । एक जना आम पब्लीकले जस्तो सेवा पाउनुहुन्छ, भिआईपी, भिभिआईपीले । स्वास्थ्य सेवामा सानो, ठूलो, धनी, गरिब भनेर विभेद हुँदैन । केही सुविधा मात्रै थपेको छ । मिटिङ गर्नलाई एउटा कोठा, परिवारको लागि सँगै बसेर खाजाखाने छुट्टै कोठा, आकस्मिक उपचारका लागि चाहिने उपकरण व्याकअपमा हुन्छन् ।’

Advertisement

Advertisement