नेप्से माथि उक्लिए पनि लगानीकर्ताहरु निराशः डेढ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । बजार उकालो चढे पनि लगानीकर्ताहरुमा उत्साह नदेखिंदा कारोबार रकम खासै बढ्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.४७ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०४५.४५ अंकमा उक्लिएको छ ।

Advertisement

आज २७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४.६० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन तीन कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । कुथेली बुखरी हाइड्रो, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड र लिबर्टी इनर्जीका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.६४ र ९.४५ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज घोराही सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ५७ लाख ६५ हजार ८ सय ९४.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २१.९९ अंकले बजार घट्दा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२.६७ रुपियाँ, सोमबार १२.९३ अंक बजार घट्दा १ अर्ब ४० करोड ८९ लाख ८१ ह्जार ६ सय १.६८ रुपियाँ र हिजो मंगलबार १७.६९ अंकले बजार बढ्दा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९.५१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement