समता लघुवित्तले सय रुपियाँ दरमै एफपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई तीन लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता एक सयकै दरमा एफपीओ जारी गर्ने जनाइएको छ । एफपीओबाट कम्पनीले कुल तीन करोड ५० लाख ९० हजार ४२५ रुपियाँ संकलन गर्नेछ ।

Advertisement

समताको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता शेयर बजारमा सूचीकृत छ । सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत शेयर हिस्सा पुर्‍याउनुपर्नेमा यस कम्पनीको २६.२० प्रतिशत मात्रै छ ।

Advertisement

Advertisement