काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्स प्रालिले आगामी नाडा अटो शो मा ईभी पिक अप ट्रक र इभी भ्यान (१४÷१५ सिटे) लञ्च गर्ने तयारी गरेको छ ।
उक्त इलेक्ट्रिक पिक अप पूर्णरुपमा नेपाली भूगोलमा सुहाउँदो रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
यसवर्ष नाडा अटो शो भदौ २६ गते देखि ३१ गतेसम्म हुँदैछ ।