भैरहवा भन्सारका प्रमुख मनिराम पौडेल विवादमा तानिए, एकथरी सामन, अर्कै जाँचपास !

Advertisement

काठमाडौं। भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेल विवादमा फसेका छन्। एक सामाग्री भनेर अर्कै सामाग्री जाचपाँच गर्न थालेपछि विवादमा तानिएका हुन्।

शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकको रेकी गर्न भन्सार विभागका महानिर्देशकले निर्देशन दिए। त्यसपछि भैरहवा भन्सार कार्यालयका कर्मचारीले हतार-हतार ट्रक नियन्त्रणमा लिए।

Advertisement

कार्यालयको कर्मचारीले ट्रक रोकेर हेर्दा ट्रकमा कपडा र काजू भेटिएको छ। तर भन्सार ऐजेन्टले भने सो सामान प्लास्टिको कच्चा पदार्थ भएको प्रज्ञापन देखाएको थियो। एक सामाग्री भनेर अर्कै सामाग्री भेटिएपछि ट्रक चालक र सहचालक फरार भएका छन्।

भैरहवा भन्सारले कच्चा पदार्थ भनि अर्कै सामाग्री जाँचपास गर्न लागेपछि सामान पक्राउ गर्न विभागले निर्देशन दिएको हो।

कार्यालयले २ ट्रकमा रहेको सामान रुजू गरेर हेर्दा २ करोड मूल्य बराबरको सामाग्री भेटिएको छ। ट्रक समेतको मूल्यांकन गर्दा करिब ३ करोड बराबरको समाग्री रहेको छ।

विभागले प्रणालीबाट चेकजाँच गर्दा लु ५ ख ३३६ नम्बरको ट्रकले १५ पटक सामान जाँचपास गरेको भेटिएको छ। यस्तै यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकले ३ पटक सामान ल्याएको देखिएको छ। यसमा भन्सार कार्यालयका कर्मचारीको समेत संलग्नता रहेको विभागले अनुमान गरेको छ। सो विषयमा विभागले सुक्ष्म अनुसन्धान अघि बढाएको छ।

विभाग श्रोतले भन्यो ‘भैरहवा भन्सार कार्यालयमा पहिले देखि नै कैफियतको कुरा सुनिदै आएको छ । यो पटक हामीले प्रमाण सहित भेटेका छौं, थप अनुसन्धान गर्दै छौं।’

स्रोतका अनुसार कार्यालय प्रमुख पौडेललाई समेत अनुसन्धानको घेरामा तानिएका छन्। भैरहवा भन्सार कार्यालयको काम बारे पहिले देखि नै गुनासो सुन्दै आएको विभाग स्रोतले जनाएको छ। स्रोतका अनुसार भैरहवा भन्सारबाट प्रज्ञापन पत्र नै नदेखाईसमेत पनि सामाग्री जाँचपास हुने गरेको छ।

यसरी जाँचपास हुने ट्रकको १ लाख रुपियाँ घुस माग्ने गरेको आरोप कार्यालय माथी छ। यसरी जाँचपास गर्ने ट्रकले भारतीय भन्सार कार्यालयमा भने ५० हजार भारु बूझाउने गरेको स्रोतको दाबी छ। यसरी ट्रक भैरहवा भन्सार कार्यालयबाट निस्कदा प्रहरीलाई नक्कली प्रज्ञापनपत्र देखाउने गरिएको छ। प्रज्ञापन पत्र प्रहरीले सक्कली हो या नक्कली छुट्याउन नसक्ने भएकाले तस्करीलाई सहज हुने गरेको स्रोतको दाबी छ।

यसैगरी नेपाली व्यावसायीले भारतमै सुपारीको कन्टेनर खाली गरेर आउने गरेको र नेपालमा भने खाली कन्टेनर मात्रै जाँचपास हुने गरेको पनि भैरहवा भन्सार कार्यालय प्रमुखमाथी आरोप छ।

प्रमुख भन्सार अधिकृत पौडेल उनै व्यक्ति हुन् । जो दोस्रो पटक भैरहवा भन्सार कार्यालय गएका थिए। जनार्दन शर्मा अर्थमन्त्री हुदाँ उनले ज्ञानेन्द्र ढकाललाई हटाएर गत असोजमा कार्यालय प्रमुख बनेका थिए।

प्रमुख पौडेलले भने आफैले सामान समात्न लगाएको दाबी गरेका छन्। उनले आफूले नै समान समात्न लगाएर थप अनुसन्धान गर्न लागेको दाबी गरेका छन् । तर विभागले भने उनीमाथी नै छानविन सुरु गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतले भन्सार गोष्टीमा २ भन्सार प्रमुखको कार्यक्षमता कम देखिएको भन्दै आलोचना समेत गरेका थिए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालिन प्रमुख अरुण पोख्रेल र भैरहवा भन्सार प्रमुख मनिराम पौडेलको कार्यक्षमता साथै राजस्व समेत कम उठेको भन्दै मन्त्री महतले आलोचना गरेका थिए। त्रिवी भन्सार कार्यालयबाट  सुन समातिएपछि पोख्रेललाई मन्त्रालय तानिएको छ भने पौडेललाई भने सरुवा गर्न सकेको छैन।

Advertisement

Advertisement