काठमाडौं । ङादी ग्रुप पावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
विद्युत नियमन आयोगको भदौ ७ गते बसेको बैठकले उक्त कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२.५० रुपियाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपियाँ पुग्नेछ ।