काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ ।
सिटिजन्स क्यापिटल व्यवस्थापक र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालितउक्त फण्डका इकाईधनीहरुलाई आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो ।
सिटिजन्स क्यापिटलको गत विहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
लाभांश वितरणका लागि भदौ १९ इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय समेत भएको छ ।