काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर फेरि २ हजार अंकले तल झरेको छ भने कारोबार रकम पनि सवा अर्बको हाराहारीमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.५४ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९३.३८ अंकमा ओर्लिएको छ ।
आज २८० कम्पनीका ३८ लाख ९५ हजार २ सय ३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ बराबरको कारोबार भएको हो ।
कुथेली बुखरी स्मल हाइड्राको शेयर मूल्य निरन्तर बढिरहेको छ आज पनि उक्त कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर प्रतिकित्ता रु. ७७१.२० पुगेको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.६३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एशियन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ४६ लाख ८९ हजार ४१.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।