कामना विकास बैंकको संस्थापक शेयर किन्ने मौका आजसम्म

Advertisement

काठमाडौं । कामना विकास बैंक लिमिटेडले संस्थापक शेयर किन्ने आज (असोज २१) अन्तिम मौका रहेको छ । 

बैंकले असोज १८ गतेदेखि संस्थापक समूहको कुल ३५ हजार ५३४ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ । 

Advertisement

शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । यो शेयर जोकोही व्यक्ति, संघसंस्थाले बोलकबोल प्रक्रियाबाट खरिद गर्न सक्नेछन् । सबैभन्दा बढी मूल्य कबोल गर्नेलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

इच्छुक खरिदकर्ताले आज कार्यालय समयसम्म कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादीमा गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 

भोलि मंगलबार बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी खोलिने बैंकले जनाएको छ । 

बैंकले यसअघि संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ । तोकिएको समयमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

Advertisement

Advertisement